texas above the header

देशप्रेम

कुश्मा भट्ट

स्थाई ठेगाना: डोटी,नेपाल
हाल: धनगढी,नेपाल

                                                                                           

मेरो देश मलाई मुटुभन्दा प्यारो छ,
स्वर्गभन्दा सुन्दर छ
र जीन्दगीभन्दा अमुल्य छ।
माटो संगको मेरो नाता गहिरो छ,
फुल र सुवास भन्दा गहिरो छ
म यहि धर्तिको सन्तान हु।
मेरी आमाको आधार यहि धर्ति
साच्चै धर्तिको मेरो नाता अमर छ

भक्ति थापाको मृत्युमा,
म आफ्नो जीवन छाम्छु
अमरसिंहको विरतामा,
म आफ्नो स्वाभिमान पाउछु।
बलभद्रको देशभक्तीले मलाई
अहिले पनि जोश दिन्छ
पृथ्वीनारायणको सम्मान बिना
मेरो आधार लर्वराउछ
मेरो अस्तित्व विलाउछ
गोर्खालीको रगत रगतमा,
मेरो ईतिहास कोरीएको छ

मलाई विश्वको नाईल नदि हैन,
कर्णाली,मेची र कलि मन पर्छ
हिरा र सुनका गहना होइन,
जीवनको अटुट माया चाहिन्छ
चोखो,पवित्र नेपाली माया।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया