
नेपाल जनै र रक्षाधागोमा समेत परनिर्भर, बार्षिक १ अर्बको आयात
नेपाल जनै र रक्षाधागोमा समेत परनिर्भर बार्षिक १ अर्व रुपैयाँ बढीको जनै आयत गर्ने गरेको तथ्याङक बाहिरिएको छ ।
हिन्दु धर्मावलम्बीहरुको पर्व रक्षा बन्धन तथा जनैपूणिर्मा नजिकिदै गर्दा नेपालले बार्षिक १ अर्व रुपैयाँको बढीको जनै आयत गर्ने गरेको तथ्याङक बाहिरिएको छ । हिन्दू धर्मावलम्बीले मात्र प्रयोग गर्ने जनै गत बर्षमात्र चीनबाट १
अर्ब रुपैयाँको नेपालआयात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको जनाएको छ । केन्द्रिय तथ्यांक अनुसार हरेक वर्ष १ अर्ब रुपैयाँको जनै चीनबाटमात्र आयात भइरहेको छ । यसै गरी भारतबाट पनि धेरै परिणाममा नेपालीले प्रयोग गर्ने जनै आयात हुदै आइरहेको छ ।
विशेषगरी, जनैपूर्णिमाका दिन फेर्ने जनैको बजार अत्यधिक रहेको पाइन्छ । जनाइ बनाउने प्रचलन कम हुदै गएकाले बाह्य उत्पादको भर पर्नुपर्ने अवस्था आएको ब्यावसयीहरु बताउछन् । जनैपूर्णिमाको दिन पशुपतिनाथलगायत धेरै स्थानमा ठूलै भीडभाड हुने गर्दछ । नयाँ जनै फेर्नुपर्ने हिन्दू संस्कारमा रहिआएको मान्यताअनुसार पूर्णिमाको दिन जनै तथा रक्षाधागोको कारोबार पनि ठूलै हुने गरेको पाइन्छ । खासगरी ब्राह्मण तथा क्षत्रीहरूले १ महिनाअघिदेखि नै जनै बाट्न सुरु गर्ने गरेको र त्यो जनै नै उत्कृष्ट जनै रहेको नेपाल ज्योतिष परिषद्ले जनाएको छ ।
प्रतिक्रिया