texas above the header

बलात्कार आरोपी युट्युबर अर्जुन शिवाकोटी पुर्पक्षका लागि थुनामा

यौनशोषणको आरोपमा युट्युबर अर्जुन शिवाकोटीलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाईएको छ । जिल्ला अदालत काठमाडौँका आदेशले उनलाई डिल्लीबजार कारागार चलान गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए ।

महानगरीय अपराध महाशाखाले असार १५ मा शिवाकोटीलाई पक्रेर अनुसन्धान गरेको थियो । ३८ वर्षीय शिवाकोटीलाई काठमाडौँका दुई किशोरीलाई

बलात्कार गरेका थिए । शिवाकोटी ‘मेकिङ नेपाल’ युट्यब च्यानलका सञ्चालक हुन् । शिवाकोटीले १४ वर्षीया र १२ वर्षीया किशोरीलाई पटक–पटक यौन शोषण गर्ने गरेको उजूरी परेको थियो ।

०७६ असोजदेखि १४ वर्षीया किशोरीलाई उनले डर, त्रास देखाएर बलात्कार गर्दै आएका थिए । पछि, १२ बर्षीयालाई समेत बलात्कार गर्न थाले ।  बलात्कृत किशोरीका आमा, बुबासँगै अर्जुन चार बर्षदेखि एउटै घरमा बस्थे ।

पीडित किशोरीको आमासँगै व्यवसाय समेत गर्ने हुनाले छोरीहरुले उनलाई अंकल भनेर बोलाउँथे । अर्जुनले त्यही सामिप्यताको फाइदा उठाए ।

यौन दुर्व्यवहार गरेको थाहा पाएपछि पीडितका परिवारले कुरा उठाउँदा आरोपीले मार्ने धम्की दिँदै ‘म पत्रकार भएकाले प्रहरीले पनि मलाई केही गर्न सक्दैन’ भनेर डर देखाएको पीडितले बताएका छन् 

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया