texas above the header

जूलाई २५ मा राष्ट्रिय लियो कविता प्रतियोगिताको फिनाले

फायरबर्ड संवाददाता
काठमाडौं,९ श्रावण

"नर्चर द फियूचर" भन्ने मुख्य उद्देश्यका साथ लियो क्लब अफ काठमाडौंले यही शनिबार जूलाई २५ का दिन अन्तिम चरणको कविता प्रतियोगिता 'जुम एप' बाट गर्न गइरहेको छ।यस अघि अनलाईन मार्फत नै यस कविता प्रतियोगिताको प्रथम चरण समापन भएको थियो जसमा ७० जना कविता प्रेमीहरुले भाग लिएका थिए।        

उक्त प्रथम चरणको कविता प्रतियोगिता 'स्वतन्त्र कविता लेखन' र 'महिला सशक्तिकरण' गरि दुई क्षेत्रमा विभाजन गरिएको थियो जसमा १० बटा स्वतन्त्र कविता र ५ जना महिला सशक्तिकरणमा आधारित कविता गरि अन्तिम चरणका लागि जम्मा १५ बटा कविताहरु छनोट भएका छन्।

आउदै गरेको यस कविता फिनाले मा कार्यक्रम संयोजकको भुमिकामा यसै आयोजक संस्थाकी सहसचिव अल्फा शर्माले निभाउनु हुनेछ भने बरिस्ठ लेखक एवं पत्रकार डा. नवराज लम्साल यस कार्यक्रममा प्रमुख अतिथिको भूमिकामा देखिनु हुनेछ। निर्णायकको भूमिकामा भने यसै प्रतियोगिताको प्रथम चरणमा पनि निर्णायकको भूमिका निर्वाह गरिसकेका त्रिभुवन विश्वविद्यालयमा आवद्ध अङ्रेजी विषयका सहायक प्राध्यापक एवं कवि महेश पौड्याल, कवि सुशान्त थापा र कवि एवं पत्रकार राजेन्द्र ओझा (नयन) हरु हुनेछन्।

यस कार्यक्रमको टेक्निकल पार्टनर 'इन्जिनियरिङ हेल्पलाइन' र मिडिया पार्टनर 'फायर वर्ड्स डेली' अनलाइन पत्रिका छन् भने 'ईन्टिमेट रिडिस्कोभरी' यस कार्यक्रमको इन्स्टाग्राम पार्टनर रहेको छ। त्यस्तै युट्युब मार्फत यस कार्यक्रमको पार्टनर 'कवि अफिसियल (Kabi Official)' रहेको छ।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया