texas above the header

बेसारमा कैयो भाइरस मार्ने, चीनको अनुसन्धानले पुष्टि गरेको छ I

काठमाडौं।चीनको युनिभर्सिटी अफ इन्जिनियरिङले प्रकाशित गरेको एक शोधपत्रमा बेसार कैयौं किसिमका भाइरस रोक्न सक्षम भएको उल्लेख छ । 

सामाजिक संजालमा यस विषयमा ट्रोल पनि बनाइए । आलोचना भएपछि प्रधानमन्त्रीले आफूले रोग प्रतिरोधी क्षमता बढाउने सन्दर्भमा बेसार प्रयोग गर्न सुझाव दिएको सफाइ दिए ।चीनको  युनिभर्सिटी अफ इन्जिनियरिङले प्रकाशित गरेको एक शोधपत्रमा बेसार

कैयौं किसिमका भाइरस रोक्न सक्षम भएको उल्लेख छ । यो शोधपत्र जर्नल अफ जनरल भाइरोलोजीमा प्रकाशित गरिएको छ ।अहिले भने प्रधानमन्त्रीको यो दावी वैज्ञानिक रुपमा पुष्टि भएको छ । चीनका वैज्ञानिकले बेसार कैयौं किसिमका भाइरस नियन्त्रण गर्न प्रभावकारी हुने एक अनुसन्धानपछि पुष्टि गरेका छन् । चीनको वुहान वुहान युनिभर्सिटी अफ इन्जिनियरिङले प्रकाशित गरेको एक शोधपत्रमा बेसार कैयौं किसिमका भाइरस रोक्न सक्षम भएको उल्लेख छ । यो शोधपत्र जर्नल अफ जनरल भाइरोलोजीमा प्रकाशित गरिएको छ ।

अनुसन्धानमा बेसारमा पाइने प्राकृतिक यौगिक कक्र्युमिन भाइरस नियन्त्रणमा सक्षम भएको देखिएको हो । वैज्ञानिकहरुले एक प्रकारको अल्फा कोरोनाभाइरस ट्रान्समिसिबल ग्यास्ट्रोएन्टेराइटिस भाइरस (टीजीइभी)मा यसको परीक्षण गरेका थिए । टीजीइभी अन्त्यन्तै छिटो प्रसार हुने क्षमता भएको वर्गमा पर्ने भाइरस हो ।

‘उदाउँदो कोरोनाभाइरसले विश्वव्यापी रुपमा मानव र पशु स्वास्थ्यमा देखिएको गम्भीर खतरालाई प्रतिनिधित्व गर्छ र अहिलेसम्म कुनै आधिकारिक उपचार उपलब्ध छैन । यहाँ हामीले ट्रान्समिसिबल ग्यास्ट्रोएन्टेराइटिस भाइरस (टीजीइभी) लाई अल्फा कोरोनाभाइरस मोडलको रुपमा य्रयोग गर्यौं र टीजीइभीविरुद्ध कक्र्युमिनको एन्टिभाइरल गुणहरुको परीक्षण गर्यौं । हाम्रो परीक्षणले देखायो कि निश्चित डोजमा आधारित रहेर कक्र्युमिनले टीजीइभीको प्रसार र भाइरल गतिविधिहरुलाई बलियोसँग रोक्यो । हामीले यो पनि अवलोकन गर्यौं कि कक्र्युमिनले डोज, तापक्रम, र समयमा आधारित रहेर प्रत्यक्ष भाइरसविरोधी क्षमता पनि देखायो’ अनुसन्धानकर्ताले शोधपत्रमा लेखेका छन् ।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया