texas above the header

इटहरीका लेखा अधिकृत ६५ हजार घुस सहित पक्राउ

फायरबर्ड संवाददाता
काठमाडौं,२ श्रावण

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेललाई सेवाग्राहीसँग लिएको घुससहित पक्राउ गरेको छ।

उपमहानगरपालिकाको शिक्षा शाखाबाट सञ्चालन भएको कक्षा ८ को परीक्षा खर्च फरफारक गरी भुक्तानी दिने क्रममा पोखरेलले ६५ हजार रूपैयाँ घुस लिएको अख्तियारले बताएको छ।                  

पोखरेलले घुस मागेको भन्दै परेको उजुरीका आधारमा बिहीबार पुगेको अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्।

पोखरेललाई हिरासतमा राखेर अनुसन्धान भइरहेको पनि उनले जानकारी दिएका छन्।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया