texas above the header

नयाँ युवा नयाँ सोच द्वारा आयोजित अन्लाईन नेपाल व्यापी वक्तित्वकलामा सन्दीप थापा बिजेता

फायरबर्ड संवाददाता
काठमाडौं,१ श्रावण

"तार्किक बिचारहरुको अभिव्यक्ति" भन्ने मूल नाराका साथ नयाँ युवा नयाँ सोच नेपाल द्वारा आयोजित अन्लाईन खुल्ला नेपालव्यापी वक्तित्वकला प्रतियोगिता NYNSN वाक युद्ध-२०७७ आज सम्पन्न भएको छ।                                            

असार ३० गते बाट सुरु भएको उक्त प्रतियोगितामा सातै प्रदेशका ८० भन्दा बढी प्रतियोगिहरुले सहभागिता जनाएका थिए। उक्त प्रतियोगितामा ८३ सहभागीहरु बाट असार ३० गते टप ३० अर्थात उत्कृष्ट ३० प्रतियोगि छनोट गरि असार ३१ गते सेमिफाइनल बाट टप बाट १२ प्रतियोगि छनोट गरिएको थियो साथै आज टप १२ बाट एक औपचारिक कार्यक्रम मार्फत फाइनल सम्पन्न भएको छ।

आयोजक संस्थाका अध्यक्ष मुकुन्द दिप मडैको अध्यक्षता सुरु भएको फाइनल प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथि भने राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङगेल, विशिष्ट अतिथिमा दिपायल उच्च अदालत बार एसोसिएसनका अध्यक्ष शंकर दिप मडै ,प्याब्सन नेपाल का सल्लाहकार तथा होराइजन शैक्षिक संस्थाका प्राचार्य लोकनाथ उपाध्याय, नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय सदस्य तथा सु. प. महिला इन्चार्ज भागिरथी धामी लगायतको विशिष्ट अतिथित्यमा सम्पन्न भएको हो।

उक्त प्रतियोगिताम्क पाल्पाका सन्दीप थापा प्रथम, रुपन्देहीका प्रवेश आचार्य द्वितीय र पाल्पाकी रियाज नेपाल तृतीय भएकी हुन। संस्थाका अध्यक्ष मुकुन्द दिप मडैका अनुसार उनिहरुलाइ क्रमश नगद रु ३०००,२००० र १००० साथै सम्पुर्ण सहभागीहरुलाइ प्रमाणपत्र उपलब्ध गराइएको छ।

कार्यक्रममा प्रशिक्षक तथा प्रमुख निर्णायक विनोद खत्रीका अनुसार यस प्रतियोगिताको माध्यमबाट लकडाउनमा घर बसिरहेका विध्यार्थीहरुलाइ तथ्यपरक एवं तार्किक वाककला सिकाउनुका साथै देश भरिका युवाहरुलाइ एउटै मञ्चमा उपस्थित गराएर युहाहरु बिच सम्बन्ध विस्तारमा पनि मद्दत पुर्याइएको छ। तीन दिन सम्म चलेको उक्त प्रतियोगितामा विश्व परिवेश देखी कोरोना हुँदै नेपालका शिक्षा,खेलकुद, कृषि, युवा, बालबालिका लगायत विभिन्न १७ वटा विषयवस्तुहरुमा भोलिका कर्णधार युवाहरुलाइ आफ्नो विचार व्यक्त गर्न लगाइएको थियो। आफ्ना पुर्वनिर्धारित शैक्षिक,खेलकुद, वातावरण एवं सरसामान तथा सामाजिक अभियानका कार्यक्रमहरु पनि कोरोना शान्त हुँदै गएपछि सुचारु गर्ने सस्थाले बताएको छ।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया

  • Giriraj Bhattarai
    ३ हप्ता पहिले
    Congratulations Sandeep and all team. Best wishes and great work,