texas above the header

म्याच फिक्सिङको आरोपले आफ्नो खेल जीवनको उत्कृष्ट समय गुमाएको गुनसो : खेलाडी सागर थापाले

अब सर्वेन्द्र खनालविरुद्ध मुद्दा दायरा गर्छु, मैले खेल गुमाउनु परेको ६ वर्ष कसले फिर्ता गर्छ I

नेपाली फुटबलमा पहिलो पटक खेल मिलेमतो (म्याच फिक्सिङ) को आरोप लागेर आफ्नो खेल जीवनको उत्कृष्ट समय गुमाएकोमा खेलाडी सागर थापाले गुनसो गरेका छन् । उनले आँफुहरुलाई नियोजित रुपमै मुद्दा चलाइएकोमा पुर्वआइजीपी सर्वेन्द्र विरुद्ध मुद्दा दायर

गर्ने समेत बताउनुभयो ।

खेल मिलेमतोको गरेको आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका एकफजियोथेरापिस्ट, एक प्रशिक्षक तथा  ४ खेलाडीले सर्वोच्चबाट सफाइ पाएका हुन् । सर्वोच्चले यसअघि विशेष अदालतले गरेको फैसला नै सदर गरेको हो । राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाविरुद्ध म्याच फिक्सिङको आरोप लागेको थियो ।

नगरेको अपराधबाट सफाइ पाउँछौँ भन्ने त थाहा थियो । तर यो गम्भीर दाग लगाएर हामीलाई खेलबाट यत्रो वर्ष बाहिर राखिदिएका छन् । मेरो ६ वर्ष कसले फिर्ता गर्छ ?’ अब हामी पुर्वआइजीपी सर्वेन्द्र विरुद्ध मुद्दा दायर गर्छौ’ हामीले खेलिरहेको समयमा नभएको त्यस्तो आरोपले देशभर नै गलत सन्देश गयो । एन्फाले पनि केही सोचेन । अब त एन्फाले केही सोच्ला कि । हामी अपराधि होइनौँ भन्ने त प्रमाणित भयो अब त्यसको मूल्याकंन कसले गर्ने ? जीन्दगी नै वरवाद भयो नि’ सागरले भने । उनीहरुलाई यसअघि विशेष अदालतले २०७५ जेठ २४ गते उक्त अभियोगमा निर्दोष रहेको ठहर गर्दै सफाइ दिएको थियो । विशेषको उक्त फैसलाविरुद्ध सरकारी पक्षले २०७५ मंसिर २० गते पुनरावेदन गरेको थियो ।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया