texas above the header

नेपाल रास्ट्र बैंकद्वारा आजबाट ५० रुपैयाँको नयाँ नोटहरु बजारमा चलनचल्तीमा ल्याइयो

फायरबर्ड संवाददाता
काठमाडौं,२१ आसार

नेपाल राष्ट्र बैंकले आजबाट ५० रुपैयाँ दरका नयाँ नोटहरु बजारमा चलनचल्तीमा ल्याएको छ।

पुरानै आकारप्रकार तथा रंगमा संकेत नम्बर ज/८९ ०००००१ देखि ट/३३ ९९९९९९ सम्मका नोट बजारमा ल्याएको हो।नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र छ भने त्यस्तै दायाँतर्फ लालीगुँरासको पानी छाप रहेको छ।              

 नोटमा तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ। त्यस्तै नोटको पृष्ठ भागमा अंग्रेजी अक्षरमा नेपाल राष्ट्र बैंक लेखिएको छ र नोटको मध्य भागमा हिउँ चितुवाको चित्र छ।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया