texas above the header

ओलीको सन्देश लिएर नेम्वाङ देउवा निवासमा : नेकपा विवाद

नेकपा विवाद: दुवै पक्षद्वारा भेटघाट तीव्र, ओलीको सन्देश लिएर नेम्वाङ देउवा निवासमा

प्रधानमन्त्री केपी शर्मा ओलीले 'राष्ट्रपति र आफूमाथि षड्यन्त्र भइरहेकाले जुनसुकै कदम चाल्न सक्ने' सङ्केत गरेको भनिएका बेला ओलीसहित नेकपाका नेताहरूले विभिन्न पक्षसँग भेटघाट तीव्र पारेका छन्।ओलीले शनिवार आफ्नो मन्त्रिमण्डलका सबै सदस्यहरू र सल्लाहकारहरूलाई बोलाएर 'आफूले जुनसुकै कदम चाल्नसक्ने' बताएको

खबरहरू सार्वजनिक भएका थिए। 

उता ओलीको सन्देश लिएर नेम्वाङ देउवाकहाँ ओलीले पनि विभिन्न पक्षसँग भेटघाट तीव्र पारेको ओलीनिकट व्यक्तिहरूले बताएका छन्।उनले कानुनव्यवसायीदेखि विभिन्न व्यक्तिहरूसँग छलफल गरेका विवरणहरू सार्वजनिक भएका छन्। आइतवार बिहान ओलीले आफू निकट नेकपाका नेताहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए।त्यसपछि नेकपाका नेता तथा पूर्व सभामुख सुवास नेम्वाङलाई ओलीले सन्देशसहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पठाएका थिए।ओलीले पार्टी फुटाएर कांग्रेससँगको गठबन्धनमा सरकार बनाउने हल्ला चलिरहेका बेला उनले नेता नेम्वाङलाई देउवाकहाँ पठाएका हुन्।तर नेम्वाङले देउवासँगको भेटघाट सत्ता परिवर्तनको खेलसँग कुनै पनि हिसाबले नजोडिएको बताए।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया