texas above the header

कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

फायरबर्ड संवाददाता
काठमाडौं,२१ आसार

कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ। जिल्लाको पुनर्वास नगरपालिका–५ मा शनिबार राति धारिलो हतियार प्रहार गरी स्थानीय ५० वर्षीय गोपाल कुँवरको हत्या भएका हो।जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी अमर थापाका अनुसार हत्यामा संलग्नको पहिचान भइसकेको छ।                  

थापाले भने, ‘घटनामा संलग्न देखिएका गौरव खड्का फरार छन्, खोजी कार्य भइरहेको छ।’ सामान्य विवादमा कुँवरको हत्या भएको स्थानीय बताउँछन् भने प्रहरीले भने विस्तृत अनुसन्धान भैरहेको बताएको छ।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया