texas above the header

दक्षिण एसियाली फुटबल महासंघले यो वर्ष हुने साफ च्याम्पियनसिप नगर्ने

फायरवर्ड संवाददाता
काठमाडौं,१६ असार   

                                                                                           

दक्षिण एसियाली फुटबल महासंघले यो वर्ष हुने भनिएको साफ च्याम्पियनसिप नगर्ने भएको छ। महासंघले ७ सेटेम्बरदेखि आयोजना गर्ने भनिएको साफ च्याम्पियनसिप नहुने भएको हो ।

बांग्लादेशको बंगबन्धु रंगशालामा १३औं साफ च्याम्पियनसिप आयोजना गर्ने तय भएको थियो। तर, कोरोना महामारी र अक्टोबरमा एएफसीले विश्वकप तथा एसियाकप छनोटका लागि ल्याएको प्रस्तावका कारण साफ च्याम्पियनसिप अर्को वर्षका लागि सारिएको हो।

यस्तै यू–१५, यू–१५ महिला र यू–१८ महिला साफ च्याम्पियनसिप पनि तत्काल नगर्ने महासंघले निर्णय गरेको छ।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया