grafias

बंगलादेशको राजधानी ढाकामा डुंगा दुर्घटना, २३ को मृत्यु कैयौ बेपत्ता

फायरवर्ड संवाददाता
काठमाडौं,१५ असार                

बंगलादेशको राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार बिहान भएको एक डुंगा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ।                        

सानो डुंगा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको यस घटनामा अन्य कैयौ बेपत्ता भएका उद्धारकर्ताहरुले जानकारी दिएका छन्।

उक्त दुर्घटनामा परेका २३ व्यक्तिको शव जलक्षेत्रबाट बाहिर निकालिएको सरकारी अधिकारी इनायट हुसेनले जानकारी दिएका छन्र। दुर्घटनामा परेको डुंगामा ५० व्यक्ति सवार रहेका अनुमान गरिएको पनि हुसेनले बताए। उद्धारकार्य जारी रहेको बताइएको छ।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया