grafias

पुगोस्

कुनाल मिश्रा

स्थाई घर- महागढीमाई-१०, बारा
हाल: कोटेश्वर, काठमाडौँ
संलग्न: रक्तदाता, समाजसेवी

 

थुपार्नु छैन सम्पति मलाई,
भोकालाई खाना दिन पुगोस् ।
कमाउनु छैन ख्याति मलाई,
ईज्जतको साथ बाच्न पुगोस् ।।

बनाउनु छैन महल मलाई,
दुखीको आसु पुछ्न पुगोस् ।
सजाउनु छैन फूल मलाई,
काँडाले बाटो कहिले नरोकोस् ।।

     

 पुर्याउन छैन चाहना मलाई,
आमालाई खुशी दिन पुगोस् ।
हराउनु छैन सपनामा मलाई,
विपनाले सधै ऊर्जा थपोस् ।।

गुडाउनु छैन गाडी मलाई,
बेसहाराको लठ्ठी बन्न पुगोस् ।
बगाउनु छैन नदी मलाई,
पसिनाले भाग्य कोर्न सकोस् ।।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया