grafias

भारत र नेपालका केही शक्ति आफुलाई प्रधानमन्त्री पद बाट हटाउन खोज्दै: प्रधानमन्त्री ओलि

फायरवर्ड संवाददाता
काठमाडौं,१४ असार  

                                                                                           

 प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सम्पूर्ण भूभाग समेटेर नयाँ नक्सा छापेबाफत भारत र नेपालका केहि शक्ति मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको बताएका छ्न। मदन भण्डारी फाउण्डेशनले बालुवाटारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले भारत का केही सञ्चार माध्यम र नेपालका होटेलहरुमा भइरहेका गतिविधि र एम्बेसीको सक्रियताले आफूलाई हटाउने खेल चलिरहेको पुष्टि हुने टिप्पणी गरे।

‘भारतका सञ्चार माध्यमहरु सुन्नुहोस।यहाँका होटहरुमा भइरहेका गतिविधिहरु हेर्नुहोस्,एम्बसीको सक्रियताले पनि त्यो देखाइरहेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘तर अहिले नेपालको राष्ट्रियता त्यति कमजोर छैन कि आफ्नो भूमि समेटिएको नक्सा छाप्दैनमा सरकार ढल्नु परोस्।’

उनले अहिले आफूलाई प्रधानमन्त्री पदबाट हटाउने सपना कसैले नदेखे ठिक हुने चेतावनी समेत दिएका छ्न।

‘मलाई प्रधानमन्त्रीको जिम्मेबारीमा बसिरहन मन छैन तर अहिलेको अवस्थामा म पदबाट हट्ने पनि हैन किनभने अहिले म हटे भने नेपालको पक्षमा बोल्ने आँट कसैले गर्ने छैन’ प्रधानमन्त्रीले भने। उनले आफू अहिले आफ्ना लागि नभई देशका लागि र आजका लागि नभई भोलिका लागि प्रधानमन्त्री पदमा रहिरहेको बताए।                                                                                                                            

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया