grafias

मुस्लिम अतिवादी समूह ‘अब शबाब’ का कमाण्डर मारिए

फायरवर्ड संवाददाता
काठमाडौं,१४ असार  

सोमालियाको सुरक्षा समूहले मुस्लिम अतिवादी समूह ‘अब शबाब’ का कमाण्डरलाई मारेको सोमालियाको सरकारी रेडियोले बताएको छ। नेपालबाट गएका अशरफ अजमी अबु हमदान इस्लामिक समूहका वरिष्ठ प्रशिक्षक भएको बताइएको छ।                                    

                

दक्षिणी सोमालियाको मध्य जुबा क्षेत्रमा कारबाहीको क्रममा हमदान मारिएको सोमालियाको राष्ट्रिय रेडियोले जनाएको छ। त्यो कारबाहीमा अन्य तीन लडाकु पनि मारिएको बताइएको छ। यो समाचार अमेरिकाको द न्युयोर्क टाइम्सको अनलाइन संस्करण र राेयटर्सले पनि छापेका छन् ।

अब शबाब सन् २००८ देखि सोमालियामा इस्लामको शरिया कानुनमा व्याख्या भए अनुसारको शासन व्यवस्था स्थापित गर्न लड्दै आइरहेको छ ।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया