texas above the header

सलह किराको प्रकोप एक महिना मात्र रहने विज्ञहरुको प्रक्षेपण, नेपालमा कमै आएको दाबी

फायरवर्ड संवाददाता
काठमाडौं,१४ असार  

                                                                                           

शनिबार नेपाल भित्रिएको सलह किरा एक महिनासम्म रहनसक्ने विज्ञहरुले प्रक्षेपण गरेका छन्। सहल किरा वयस्क र बच्चा समूहमा भित्रिएकाले नेपालमा बढीमा एक महिनासम्म रहन सक्ने विज्ञहरुले प्रक्षेपण गरेका हुन्।वयस्क बढीमा दुई हप्ता र बच्चा सलह १ महिनासम्म बाँच्न सक्ने कृषि विभागका पूर्व महानिर्देशक डा. डिल्लीराम शर्माले बताएका छ्न। उनले भने–‘वयस्क सलह अण्डा पार्न पाएन भने दुई हप्ता भन्दा बढी बाँच्न सक्दैन्। उसलाई अण्डा पार्न राजस्थान नै जानुपर्ने हुन्छ। बच्चा सलह बढीमा एक महिनासम्म नेपालमा बाँच्न सक्छ।’ सोमबारसम्म हावाको गति परिवर्तन भएमा दाङ, बाँकेसम्म पुग्न सक्ने सम्भावना रहेको उनको भनाइ छ।                                                                                                                    

८/ १० करोडको समूहमा आएर बाली सखाप पार्ने प्रजातिको यो किरा नेपालमा २, ४ लाखको समूहमा मात्रै आएकाले नियन्त्रण गर्न सकिने उनले बताए। अहिले डराउनै पर्ने अवस्था नभएको उल्लेख गर्दै उनले सरकारले विषादी प्रयोग गरेर र किसानहरुले धुँवा लगाउने, ड्रम बजाएर यसलाई नियन्त्रण गर्न सकिने अवस्था रहेको पनि बताए।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया