texas above the header

कोरोनाको दोस्रो लहरको खतरा, स्पेनिस फ्लूले जस्तै करोडौंको ज्यान लिन सक्ने : डब्लुएचओ

फायरवर्ड संवाददाता
काठमाडौं,१३ असार  

कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर खतरनाक हुने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रक्षेपण गरेको छ।                                                          

डब्लुएचओले दोस्रो लहरमा लाखौंको ज्यान जानसक्ने समेत औंल्याएको हो।डब्लुएचओका सहायक महानिर्देशक डा. रानिरी गुयराले कोभिड–१९ ले स्पेनिस फ्लूले जस्तै ज्यान लिन सक्ने बताएका छन्। उनले स्पेनिस फ्लूको दोस्रो लहरले संसारमा ५ करोड मानिसको ज्यान गएको समेत स्मरण गराएका छन्।

सन् १९१८ को स्पेनिस फ्लु गर्मी मौसममा मथ्थर जस्तै भएपनि सेप्टेम्बर र अक्टोबरमा डरलाग्दो तरिकाले फैलिएको थियो। युरोपका देशहरुले लकडाउन खुकुलो गर्दै यात्रा अनुमति ;समेत दिएपछि गुयराले यस्तो भनाइ व्यक्त गरेका हुन्। विश्वभर कोरोना संक्रमितको संख्या झण्डै १ करोड नजिक पुग्नै लागेको छ।

सन् १९१८ देखि १९२० सम्म फैलिएको स्पेनिस फ्लुबाट ५ करोडभन्दा बढी मानिसले ज्यान गुमाएका थिए। पहिलो लहरमा केही लाख मानिसको ज्यान गएकोमा दोस्रो लहरमा करोडौंले ज्यान गुमाएका थिए।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया