grafias

आकाशिदै सुनको भाउ, आज फेरि बढ्यो पुग्नै लाग्यो एक लाख

फायरवर्ड संवाददाता
काठमाडौं,१० असार   

                                                                                           

सुन चाँदीको भाउ आज बुधबार फेरि बढेको छ। छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर ९१ हजार एक सय पुगेको हो। तेजावी सुन पनि आज तोलामा ५ सय रुपैयाँले बढेर ९० हजार ६६५ रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार १०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार ७३० रुपैयाँ तोकेको छ।

मंगलबार प्रतितोला सुनको ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। चाँदी पनि आज बुधबार तोलामा पाँच रुपैयाँले बढेर प्रति तोला ९४५ रुपैयाँ पुगेको छ। आज प्रति १० ग्राम चाँदीको मूल्य ८१० रुपैयाँ कायम गरेको छ।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया