texas above the header

प्रविधी र क्वारेन्टाइनले युवाहरुमा ल्याएको परिवर्तन

आयुष  बडाल

Email: trollkavre2020@gmail.com

 सरकार लाई अनि आफुलाइ सहयोग गरि कोरोनाको महामारीबाट बच्न हामी लगभग तीन महिना देखि क्वारेन्टाइनमा बसिरहेका छौं। साथि-भाइ,इस्टमित्र र आफन्तसंग भेट्न नसक्ने यो अवस्थामा प्रविधी हाम्रो घनिष्ठ मित्र बनेको छ। ब्यस्त कार्यतालिका र समयबाट चटक्क बाहिर निस्किएर अहिले घरपरिवारलाई समय दिनु,घरायसी कार्य गर्नु,खेतीपातीमा लाग्नु जस्ता परिवर्तन हरु युवामा आएको पाइन्छ।

युवाहरुले आज विभिन्न आफ्नो रुचि अनुसार अन्लाईन खोज र अनुसन्धान गरि तालिम लिइरहनु भएको छ। व्यवहारिक ज्ञान लिनु,जस्तोसुकै परिस्थितिमा पनि नआत्तिनु नै अहिलेको युवाहरुमा आएको ठूलो परिवर्तन हो।अब यो महामारीको अन्त्य पछि के गरि आफ्नो कार्यतालिका ब्यवस्थित पार्ने भन्ने बिषयमा खोज तथा अनुसन्धान गरि त्यसैमा ध्यान केन्द्रित गरि आफु तनाव मुक्त भइ खुसी र धैर्य हुनु भनेको साच्चिकै राम्रो कुरा हो।

हिजो तल्लो तह को श्रमिक मानिने घरमा काम गर्ने दिदी या लुगा धोइदिने आन्ती सबैको आवश्यकताको बारेमा आज युवा जानकार भएका छन्।बाहिर बजारमा पाइने पिज्जा र बर्गर भन्दा घरमा आफैले भुटेको मकै खानु को मज्जा पनि आज क्वारेन्टाइनले युवालाई सिकाएको छ।खासगरी श्रदेह आमाको काखको न्यानो मायाको अनुभव गर्न नपाएका युवाले आज क्वारेन्टाइनकै कारण आफ्नो ममतामयी आमाको न्यानो मायाको महसुस गरिरहेका छन्।आज क्वारेन्टाइनकै कारण बाबुको दस बर्ष अगाडि को पुस्तक पढेर एउटा छोरा आनन्दित हुन्छ अनि एउटि छोरी आमाले जवानहुदा लाउने गरेकी बुलाकी लाएर प्रफुल्लित हुन्छे । मलाइ लाग्छ,आजको युवा पिडिमा क्वारेन्टाइनले ठूलो परिवर्तन ल्याएको छ र यसमा प्रविधी को पनि ठूलो हात छ।

आज युवाहरु प्रविधीको बिचमा रमाइरहदा,फेसबुक पेज`Troll Kavre´ले पनि युवाहरु लाई एकआपसमा ज्ञान बाड्दै आफ्नो कला प्रस्फुटन गर्न सहयोग गर्ने उद्देश्यले अनलाइन भर्चुअल हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ। आज हाजिरी जवाफ प्रतियोगिताको दोस्रो भागको प्रसारण सकिदै गर्दा युवाहरुमा आएको त्यो जागर अनि सिक्ने हौसला देखेर हामि ज्यादै उत्साहित र खुसी भएका छौ।
                                                                                                                               आजको यस महामारिको कालमा,हामि कतिपय पिडामा छौ।पिडाबाट मुक्त पाउन प्रविधिसंग मित्रता गास्न म ब्यक्तिगत तर्फबाट आह्वान गर्न चाहन्छु। आजको यस महामारीको बिचमा पनि हामी भर्चुअल माध्यमबाट साप्ताहिक हाजिरीजवाफ प्रतियोगिता पस्किरहेका छौ।अझै पनि पस्किरहने मन छ,आशा छ यहाहरुको माया,साथ र सल्लाह सधै पाइरहने छु। हामी माझ रहेर,हामीलाई साथ दिन चाहनुहुन्छ भने तलको वेबसाईटमा क्लिक गरि हाम्रो फेसबुक पेजमा जोडिन सक्नु हुनेछ।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया