texas above the header

भारतमा पछिल्लो २४ घण्टामा ४४५ जना को मृत्यु, संक्रमण गति तिब्र

फायरवर्ड संवाददाता
काठमाडौं, असार     

                                                                                       

भारतमा पछिल्लो एकदिन मै कोरोना भाइरसका १४ हजार ८२१ जना नयाँ संक्रमित भेटिएका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ संक्रमणबाट ४४५ जनाको मृत्यु भएको छ। पछिल्लो संक्रमितहरु थपिएसँगै भारतमा कुल संक्रमितको संख्या ४ लाख २६ हजार ९१० पुगेको छ। जस मध्ये सोमबार दिउँसो २ बजे सम्ममा १३ हजार ७०३ जनाको मृत्यु भइसकेको छ।

यस्तै, कुल संक्रमित मध्ये २ लाख ३७ हजार २५२ जना उपचार पछि निको भएका छन् भने १ लाख ७५ हजार ९५५ जना उपचाररत छन्। कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुकहरु मध्ये भारत चौथो स्थानमा छ।

विश्व भरिमा ९० लाख ६० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण फैलिसकेको छ। विश्वमा आइतबार एकै दिन सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका थिए। आइतबार एक लाख ८३ हजार नयाँ संक्रमित फेला परेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यो एकैदिन नयाँ संक्रमित थपिएका अहिलेसम्म कै बढी संख्या हो।

विश्व भरिका कुल ९० लाख ६० हजार संक्रमित मध्ये ४८ लाख ४७ हजार निको भइसकेका छन् भने ४ लाख ७० हजार ९३९ जनाको मृत्यु भइसकेको छ। अब कुल संक्रमित मध्ये ३७ लाख ४२ हजार ८२३ जनाको उपचार भइरहेको छ।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया