texas above the header

साउदी बाट २४७ नेपाली स्वदेश आइपुगे

 

फायरवर्ड संवाददाता
काठमाडौं, असार

                                                                                               

 ६ महिनादेखि साउदी अरेवियास्थित नेपाली दूतावासको ‘सेल्टर’ मा आश्रय लिइरहेका केहि सहित २४७ नेपाली आज (आइतबार) विहान काठमाडौं आइपुगेका छन्।

नेपाल एअरलाइन्सको उडान नं आरए २१९२ बाट एक नाबालकसहित २४७ जना नेपालीहरु बिहान स्वदेश आइपुगेका हुन्। यो उडानमार्फत ६ महिनादेखि नेपाली राजदूतावासको सेल्टरमा रहेका ४ महिलासहित, अन्य १२ जना महिला र बाँकी पुरुषहरु फर्किएको साउदीमा रहेको नपाली दूतावासले जानकारी दिएको छ। समस्यामा परेका नेपालीको बिदाइ गर्न राजदूत महेन्द्रप्रसाद सिंह राजपुत आफैं विमानस्थल पुगेका थिए।

यस्तै आज यूएई तीन उडानमार्फत नेपाली स्वदेश फर्कने छन् भने कुवेतमा आममाफीमा सहभागी नेपाली पनि स्वदेश फर्कंदै छन् । यसैगरी आज कतारको दोहाबाट पनि त्यहाँ समस्यामा परेका नेपाली फर्कंदैछन् भने मलेसियाबाट पनि नेपाली फर्कने छन् ।                                       

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया