
सिमा विवाद देखि नयाँ नक्सा हुँदै निशान छाप सम्म, अब को बाटो के ?
ओम प्रकाश वस्ती
लेखकको परिचय ओम प्रकाश वस्ती हाल कानून सङ्कायको कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुनुहुन्छ ।
नेपाल -भारत सिमा विवादको विषय अब साहेदै बेखबर कोहि पनि नहोला । समय समयमा विवादित बन्दै आएको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भुमि भएता पनि बिगत ६ दशक देखि उक्त भुमि भारत ले नै उपभोग गर्दै आइरहेको छ । सन् १८१६ मार्च ४ को नेपाल सरकार र इस्टइन्डिया कम्पनीबीच भएको सुगौली सन्धि लगायत उपलब्ध अधिकांश ऐतिहासिक आधार प्रमाण एवं दस्ताबेजका अनुसार महाकाली नदीवारिको कालापानी क्षेत्र नेपाली भूभाग हो भन्नेमा कुनै शंका छैन। उक्त सन्धिमा पश्चिम काली र पूर्वमा मेचीलाई मुलुकको सिमानाको रूपमा उल्लेख छ। नेपाल र भारतबीचको पश्चिमी सीमा महाकाली नदीले छुट्याउँदा छ जुन नदीको उद्गम विन्दु लिम्पियाधुरा हो। हामीसँग भएका त्यसका यथेस्ट प्रमाण अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालमा पर्ने प्रष्ट छ ।
पाँच वर्षअघि नेपाललाई सोधपुछसमेत नगरी भारत र चीनले लिपुलेकलाई व्यापारिक नाका बनाउने ‘सुटुक्क’ सहमति गरे। त्यसपछि सन् २०१९ नभेम्बर (१९ कार्तिक २०७६) मा भारतले त्यो क्षेत्रलाई आफ्नो नक्सामा पारी एकलौटी ढंगले नयाँ नक्सा जारि गर्यो । त्यस पछी नेपाल भरी संसद देखी सडक सम्म विभिन्न स्थान मा बिरोध प्रदर्शन र चर्को आलोचना भयो । त्यसपछि सरकार ले पनि कुटनैतिक पहल गर्ने, वार्ता भैरहेको, सिमा मा सिमा सुरक्षा बल पठाउने र नेपाली भुमी फिर्ता को लागि पहल गर्ने आश्वासन दिइयो र माहोल शान्त भयो ।
त्यस्को केहि समय पछि अर्थात ६ महिना पछि नेपाली पक्षसँग सल्लाह नै नगरी छिमकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोल्यो । उक्त सडक भारतबाट मानसरोवर जाने सबैभन्दा छोटो बाटोको रूपमा हेर्न सकिन्छ। सडक बनेपछि २०७७ बैशाख २७ गते भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उक्त सडकको उद्घाटन गरेपछि सञ्चार माध्यमले सार्वजनिक गरे । सञ्चार माध्यममा सार्वजनिक भएपछि नेपाली भरी नै संसद देखि सडक सम्म चर्को आलोचना, कडा बिरोध र पुत्ला दहन सम्म भयो । त्यस पछि नेपाल सरकारले पश्चिम नेपालको उत्तरी भागमा रहेको लिम्पियाधुरासमेत समेटेर नयाँ राजनीतिक नक्सा जारी गरियो । भूमि व्यवस्था, सहकारी एवं गरिबी निवारणमन्त्री पद्मा अर्यालले जेठ ४ गते आइतबार पेस गरेको लिम्पियाधुरासहितको नयाँ नक्सा जेठ ५ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गर्यो । सशस्त्र प्रहरी बल र नेपाल प्रहरी लाई पनि सिमा क्षेत्र कालापानी पनि पठाइयो ।
मन्त्रिपरिषद्को जेठ १० गते शुक्रबार बिहान बसेको बैठकको निर्णयपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले अपराह्न प्रतिनिधिसभामा विधेयक दर्ता गरेकी थिइन्।नेपालको संविधानको धारा ९ को उपधारा (२) मा नेपालको निसान छाप अनूसूची ३ मा उल्लेख भएबमोजिम हुने व्यवस्था भएको र नेपाल सरकारले हालै नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी नेपालको वास्तविक सीमा अनुरूपको नक्सा प्रकाशन गरेका हुनाले नेपालको संविधानको अनुसूची ३ को निसान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरूप मिलाउन आवश्यक भएकाले नेपालको संविधानको अनुसूची ३ मा संशोधन गर्ने प्रयोजनका लागि यो संशोधन विधेयक पेस गरियो ।त्यस पछि नेपालको संविधान (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा जेठ ३१ गते शनिबार दफावार छलफलपछि विधेयक सर्वसम्मत पारित गरिएको हो। त्यस को केही दिन पचि नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, माथि राष्ट्रिय सभामा भएको दफावार छलफल सकिएपछि मत विभाजनको आधारमा संविधान संशोधन विधेयक पारित भएको हो ।
निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भईसके पछी असार ४ गते बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ ।तर अब साच्चै नेपालले आफ्नो भुमी पाएकै हो त भन्ने प्रश्न ले प्राय मानिस मा अन्योलता छ तर नेपालले आफ्नो भुमि फिर्ता नै भने पाएको होइन, आन्तरिक तयारी र भुमि समेट्ने प्रक्रिया भने पूरा गरेकै हो । दुई देशबीचको मामिला हो, भूमि र सार्वभौमिकतामा सम्झौता हुन सक्दैन । त्यसैले अब भुमि फिर्ता ल्याउन पहिलो अर्थात उत्कृष्ट विकल्प भने कुटनैतिक पहल नै हुन्छ ।
दोस्रो विकल्प अन्तरास्ट्रियकरणी अर्थात अन्तरास्ट्रिय अदालत को बाटो र अन्तिम विकल्प युद्ध हुनसक्छ तर समधान युद्ध समाधान को उपाय भने कथापी हुदैन । त्यसैले कुटनैतिक तवरले नै समस्या समाधान दुबै देश को हितमा हुन्छ ।
प्रतिक्रिया
Beulah Maurer
४ दिन पहिलेEric Jones
५ दिन पहिलेRashad Venning
६ दिन पहिलेMaxie Conolly
१ हप्ता पहिलेMaximo Brown
१ हप्ता पहिलेGraciela Bachman
१ हप्ता पहिलेEric Jones
२ हप्ता पहिलेNichol Scherf
२ हप्ता पहिलेEric Jones
३ हप्ता पहिलेLois Shrader
३ हप्ता पहिलेTerrance
४ हप्ता पहिलेDominique Lennox
४ हप्ता पहिलेStanton Sackett
४ हप्ता पहिलेEric Jones
१ महिना पहिलेTerri Pendergrass
१ महिना पहिलेSamantha Milan
१ महिना पहिलेArletha
१ महिना पहिलेVeda Wurth
२ महिना पहिलेRiley
२ महिना पहिलेRoland
२ महिना पहिलेAlejandro
२ महिना पहिलेAretha Rolleston
२ महिना पहिलेEric Jones
२ महिना पहिलेCallie
२ महिना पहिलेEric Jones
३ महिना पहिलेEric Jones
३ महिना पहिलेShawna
३ महिना पहिलेEric Jones
३ महिना पहिलेJanet
३ महिना पहिलेMckenzie
३ महिना पहिलेHammond
४ महिना पहिलेAileen
४ महिना पहिलेChet
४ महिना पहिलेFlorian
४ महिना पहिलेAndres
४ महिना पहिलेJohnson
४ महिना पहिलेEric Jones
४ महिना पहिलेGuy Kunze
४ महिना पहिलेEric Jones
५ महिना पहिलेEric Jones
५ महिना पहिलेEric Jones
५ महिना पहिलेEric Jones
५ महिना पहिलेShanon
५ महिना पहिलेShannan
६ महिना पहिलेEric Jones
६ महिना पहिलेEric Jones
६ महिना पहिलेEric Jones
७ महिना पहिलेEric Jones
७ महिना पहिलेAsh Mansukhani
७ महिना पहिले