grafias

मैले बुझेको वाद ,केबल राष्ट्रवाद I

मैले बुझेको वाद ,केबल राष्ट्रवाद: पाल्पा बाट राजधानि झर्दा उम्लेको रगतले आफ्नो भविष्य भन्दा पनि बढि देश संम्झाउंथ्यो । सत्र बर्षको युवा जोश र तातो रगतले कुनै राजनिति जान्दैन्थ्यो । फेरी पनि देश बदल्ने कुनै एउटा मात्र माध्यम छ भने त्यो केबल राजनिति हो लाग्थ्यो। त्यस पश्चात विध्यार्थी राजनिति एउटा

उपयुक्त बाटो लागेर त्यसैमा पाइला गाडेको पनि आज चार बर्ष भैसकेको छ । त्यस बखत केहि हदको राजनिति सिक्ने मौका मिल्यो । टियु देखि त्रिचन्द्र संम पुग्दा देश बनाउने हिडेका युवाहरुको आफ्नै जग बलियो छैन र आफु आफु भित्रको द्वन्ध एंवम केहि सिमित विचार धारामा कैद अस्वतन्त्र आत्माले देशको स्वतन्त्रतामा टेवा पुराउन सक्दैन भन्ने कुरा बुझेको थिएं । यसै दौरान विभिन्न संघ संस्थामा संङ्लग्नता र सामाजिक कार्यले उदाशीनता बुझायो । हरेक विचारधारहरु एकै ठाउंमा पोख्खिएर पनि एकता कायम राख्ने माध्यम हो सामाजिक संस्था जहां आफ्नो हित भन्दा माथि उठेर समाजको हित हेरिन्छ । र समाजको हित नै देशको हित हो । सामाजिक कार्यमा संङ्लग्ङताले मध्यस्त हुन सिकायो । मध्यस्त यस मानेमा कि कुनै राजनितिक झुकाब र वाद बाट टाढा बैचारिक स्वतन्त्रता सिक्ने अबसर मिल्यो । देश बदल्ने केबल एउटै मात्र अस्त्र राजनिति हो भन्ने भ्रम पनि विस्तारै हट्दै थियो । तर जति भित्र पुगिन्छ उत्तिकै धेरै दृश्यमा स्पस्टता आउंछ । स्वतन्त्र बुझिएको संघ सस्था पनि त्यति स्वतन्त्र हुंदैन रैछ भन्ने कुरा आफैं भित्र बसेर देखेको संघिय प्रपञ्चले बुझायो । 'हिप्पोक्रेसि' को सुरुवात यतै यतै बाट भएको हो भन्ने कुरा मलाई त्यति गलत लागेन । सामाजिक कार्यको नाममा ढोङ्ग हुन थालेको सामाजिक संञ्जालको लोकप्रियता बढ्न थालेको दिन बाट हो । यसको इतिहास धेरै लामो छैन । तर इतिहासको सुरुवात एकदम गलत तरिकाले भएको छ । त्यता बाट क्रान्ति आउला नआउला तर परिणाम जे आएपनि सकारात्मक हुन्छ देख्दिनथें । देश बदल्ने दोस्रो उपाय पनि मेरो हिसाबमा फेल खाएको थियो । अन्य वैकल्पिक उपाय नदेखेपछि पहिलो उपायमा फर्किनुको विकल्प देखिन । कि परिवर्तनको सोच बदल्नु पर्थ्यो नत्र राजनिति बाहेक अन्य बाटो मैले तत्काल देखेको थिइन । 'समाजवाद','पुजिवाद' भित्र लुकेको 'अधिनायकवाद ' देखेर विरक्त लागिरहेको अवस्थामा 'राष्ट्रवाद 'बोकेर क्रान्ति गर्न हिडेका नया विचारको संगठनले ध्यान केन्द्रित गर्यो । पुरानोको आवश्यकता सकिए पछि नया चाहारिनु स्वभाविक थियो । मुलुकले अब विकल्प खोज्दैछ भन्ने कुरा युवाको जमातमा देखिने मुहारहरुले बताउंथे । राष्ट्रवादको नारा लगाएर सम-सामाहिक विषय बस्तुको उठ्ठान गरेर भिड जम्मा पार्नु मात्रै राजनिति हैन । यो काम त्यति गारो पनि छैन । तर भिड मै राजनिति भयो ,भिड कै राजनिति भयो । दुर्दशिता बोकेर देशको भविष्यका लागी सहि आंकलन गरेर पाहिला विस्तारै विस्तारै राखेर हिड्नु पर्ने सट्टामा सत्ता च्याप्ने दाऊ पारेर दौडनमा बढि ध्यान केन्द्रित पारियो । होस विनाको जोसले केवल विनास निम्त्याउंछ भन्ने कुरा त्यहिं बाट बुझेको थिएं मैले । माओ सेतुङ नचिन्नेहरुले मावोइस्ट(Maoist) ,लेलिनवाद-माक्सवाद नबुझ्नेहरुले पुजिवादको नारा लगाउंदै हिड्नेहरुको हातमा देशको बागडोर राखिदिएर देश सफल हुन्छ भन्ने कुरा केबल भ्रम मात्र हो । गलत नेतृत्वले पिछा गर्नेलाई मात्र हैन पुरै देश र देशबासीलाई हानि पुराउंछ । कम्जोर जगमा भन्दा बढि उचाइ खडा गर्नमा दिइने मिहिनेत ,ब्यर्थको मिहिनेत हो र त्यस मिहिनेत पतनको संघारमा छ भनेर बुझ्दा फरक पर्ने देखिंदैन । हामीलाई गलत राजनिति देखाइएको छ । गलत राजनिति बुझाइएको छ । हामीलाई भौतिकवाद सिकाइन्छ तर यसको विस्तृत रुप रङ्ग र ढांचा फरक छ । व्यक्तिगत स्वार्थ पुरा गर्न राजनितिको आड लिनेहरुले गर्दा राजनिति बदनाम भएको हो । राजनिति बास्तबमा राज गर्ने निति होइन । यो देशको नेतृत्व गरेर देश बनाउने निति हो । कुनै वाद विचार केबल बाटाहरु हुंन र राजनिति बहानको रुप लिन्छ । कुन बाटोमा हिडाल्ने यो बहानको फैसला होइन बहान चालक को हो । तसर्थ बहान गलत बाटोमा छ भने गलत बहान होइन बहान चालक हो । बहानलाई दोष दिनु गलत थियो ,छ र हुनेछ पनि । यति सबै भन्दै गर्दा यो कुरा प्रस्टाउन चाहान्छु कि मैले राजनिति केहि हदमा बुझेता पनि राजनिति जानेको छैन । कुनै वाद बुझेको छैन केबल राष्ट्रवाद बाहेक ।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया