texas above the header

कैलालीमा एक साथै तीन वालिका बलात्कृतः चार पक्राउ, एक फरार

कैलालीको टीकापुरमा एक साथै तीन वालिका बलात्कृतः चार पक्राउ, एक फरार टीकापुर, २७ जेठ कैलालीको टीकापुर नगरपालिका वडा नं.–१ का चार जना युवकलाई प्रहरीले बालिका बलात्कारको आरोपमा मङ्गलवार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं डीएसपी प्रतीक बिष्टका अनुसार बालिका बलात्कृतको आरोपमा प्रहरीले टीकापुर नगरपालिका

वडा नं.–१ ब्यवशाय क्षेत्रका १८ वर्षीय सन्दीप ठकुल्ला, १९ वर्षीय डम्बर ठकुल्ला, २० वर्षीय दीपक ठकुल्ला र २१ वर्षीय दीपक बुढा रहेका छन् भने उनीहरू सँगैका एक जना फरार रहेका छन् । उनीहरूको समुहले टीकापुर नगरपालिका वडा नं.–१ कै १४ वर्षीया वालिकाहरू (नाम परिवर्तित अञ्जु चौधरी, करिष्मा थापा मगर र विन्दु शाही) माथि बलात्कार गरेको आरोप छ । उक्त पाँच जनाको समुहले मङ्गलवार विहान डेढ बजेदेखि ३ बजेसम्मको समयमा वालिकाहरू माथि टीकापुर नगरपालिका वडा नं.–१ र २ को सीमामा पर्ने रानी कुला नदी किनारमा सामुहिक र एकल बलात्कार गरेका हुन् । पीडित बालिकाहरूले विहान ४ बजे जिल्ला प्रहरी कार्यालय कैलालीको १०० नम्बरको कन्ट्रोलमा फोन गरेर घटनाको जानकारी गराएपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनीहरू मध्येका एक जनालाई घटनास्थलबाटै पक्राउ गरिएको जनाइएको छ । प्रहरी नियन्त्रणमा लिइएका ती युवकको जानकारीका आधारमा अन्य तीन जनालाई घर घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुर श्रोतले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरूले पीडित बालिकाहरूलाई डर धम्की दिइ बलात्कार गरेका हुन् । फोनमार्फत चिनजान भएका उनीहरूलाई ती युवकहरूको टोलीले घुम्न जाने निहुँमा घटनास्थलसम्म स्कुटरमा लगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । श्रोतका अनुसार पीडत बालिकामध्ये एक जनामाथि एक र अन्य दुई जनामाथि दुई र तीन जनाको समुहले बलात्कार गरेको समेत जनाइएको छ । कैलाली जिल्ला अदालतबाट मङ्गलबार नै ७ दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

source सामुदायिक रेडियो टीकापुर एफएम १०१ मेगाहर्ज

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया