grafias

कोरोना (COVID 19) : दैनिक गतिविधिहरूको तालिकामा परिवर्तन

लेख /रचना

सबिक्षा  अधिकारी
बुटवल

 

मानव जातिमा देखिएको कोरोना भाइरस नयाँ प्रजातिको भाइरस हो। २०१९ को डिसेम्बरमा चीनको उहानमा पहिलो पटक देखिएको थियो भने २०२० जनवरी ११ मा पहिलो विरामी मृत्यु भएको घोषणा गरिएको थियो। को-भिड १९ अर्थात कोरोना भाइरस चमेराबाट पनगोलिस हुदै मानवमा सरेको स्वास्थ्य विश्लेषकहरू बताउनुन्छ।    

यो भाइरस मानिस देखि अर्को मानिस सजिलै सङ्क्रमितको खकार,रूगाबाट सर्ने हुदा स्वयम आफै आफ्नो सरसफाई र स्वास्थ्यमा ध्यान पुर्याउन जरुरी छ।कोरोना भाइरस SARS-COV को प्रजाति हो। SARS २००२-२००३ मा एकदम फैलिएको थियो। SARS COV-२ अर्को प्रकार हो। चीन हुदै विश्वभरि फैलिएको यो भाइरस अहिले नेपालमा पनि धेरै यसका विरामीहरु देखिनुभएको छ। ब्यक्ति ब्यक्तिमा सम्पर्क भइ सजिलै सर्ने हुदा नेपाल सङ्गै विभिन्न देशमा लकडाउन भैरहेका छ। रासनका लागि सरकारले समय तोकी पसलहरुबाट उपलब्ध गराइ सुबिधा दिएतापनि काम गरी खाने कामदारलाई भने पैसाको अनि खानेकुराको अभाव लकडाउन बढेसङ्गै हम्मे हम्मे परेको छ। उनीहरूको वाध्यता र गरिवीले दिनहुँ घोची रहेको छ।विदेशमा भएका नेपालीहरु, दिल्लीमा नेपाल छिर्नका लागि अड्केका कयौ नेपालीहरु अनि स्वयम अधिकांस नेपालीहरु गास बास कपास कै लागि तम्सिरहेका छन। एउटी आमाले खानेकुरा नभएकाले भारतबाट हिडेर आहुने क्रममा आफ्नै छोरी अनि श्रीमान झुन्डिएर मरेका भन्ने घटना सुन्दा मनस्तमब बनाएको छ।

बाटोमा अलपत्र परेका यात्रीहरुको दुखद परिस्थिति सुन्दा दुखी हामीलाई बनाएको छ।नेपालमा पनि बिरामीको संख्या बढेसङ्गै बिरामीहरुलाई एकलै राख्ने व्यवस्था गरिएको छ। आर्थिक स्थीति कमजोर भैरहेको बेला स्कूल, कलेज, कलकारखाना ठप्प छन।  सक्नेहरु जतिले अनलाइन कक्षा लिइरहेका छन भने नसक्नेहरुका लागि आकाशको फल आँखा तरी मर भनेझै हो। लकडाउनको सुरुवाती दिनहरुमा वर्षौ पछिको छुट्टिमनाएझै अनुभूति भएता पनि बिस्तारै के खाने घरमा सागसब्जीको अभाव भैरहेको छ।

आर्थिक स्थिति कमजोर भई, मानिसहरु तनावको सृजना भई बिभिन्न मानसिक रोगले पछ्याउन केही बेर लाग्दैन।  त्यसैले हामी सबै तनाव मुक्त हुन जरुरी छ मेरो लकडाउनको कुरा गर्नु पर्दा मेरो समय उपन्यासका किताबहरु,घरमा बाबा आमालाई योगको अभ्यास सिकाएर बित्दैछ। आफ्नो कोठाहरूमा धेरै विरुवाहरु गमलामा लगाएर बित्दछ। बिभिन्न रचनाहरु गरी अनलाइन भाग लिई अनि आमासङ्गै खेतमा काम गरेर मेरो दिन बित्दछ। मोबाइलमा मात्र खेल खेल्न जानेको मेरो भाईले अहिले मेरै कारणले क्रिकेट खेल्न तम्सिएको छ र अर्को सन्दिप लामिछाने हुने सपना देख्न थालिसकेको छ। कृषिप्रधान मेरो देश भैकन पनि कृषिमा निर्भर नभएको देश आज मेरै घरको लौकाले मेरो टोल धानेको छ यो सब आमा र मेरो मेहनतको फल हो।  मेरै लौकाले छिमेकीहरुसङ्गको सम्बन्धमा मिठास एउटा इँटा थपेको छ।

विश्वब्यापी रुपमा फैलिएको यो भाइरस विश्व स्वास्थ्य संगठनको अनुसार यो रोगले ६०,५८,९२२ जनालाई सङ्क्रमित गरेको छ भने २,६८२,७७७ जना यो भाइरसबाट मुक्त भई निको भएका छन। नेपालमा हालसम्म १८११ जना सङ्क्रमित हुनुन्छ भने २१९ जना स्वास्थ्य लाभ भएका हुनुन्छ र ८ जनाले ज्यान गुमाइसक्नुभएको छ।  त्यसैले सबै एक जिम्मेवार नागरिक भइ देश अनि जनतालाई सहयोग गर्न जरुरी छ। बेला बेलामा साबुन पानीले राम्रो सङ्ग हात धुने।  हरियो सागसब्जी प्रसस्त खानुपर्छ। सामाजिक काममा खटिरहने, आफूले सकेको पानी, माक्स, खानेकुरा दुःखी गरीबलाई सहयोग गर्ने।  छिमेकमा आफूले जानेको कोरोना भाइरस सम्बन्धी जनाकारी दिने।  कोरोना भाइरस PCR र RDT किड बाट परीक्षण गरिन्छ। PCR स्वयाब बाट गरिन्छ भने RDT किड रगत परिक्षणबाट गरिन्छ। PCR र RDT कोरोना परिक्षण गर्ने माध्यम हो जुन सुरुवात नेपालमा अलमल भैरहेको थियो। अहिले हाल RDT किडको धेरै प्रयोग गरिन्छ। PCR अर्थात स्वयाब बाट परीक्षण गर्दा पोजेटिभ आउन सक्ने र फेरि RDT बाट परीक्षण गर्दा नेगेटिभ आउन सक्ने हुदा धेरै अलमल भैरहेको अवस्था थियो त्यसैले यस बारेमा राम्रो सङ्ग बुझ्न जरुरी छ । माक्सको सहि सदुपयोग गरऊ आफू पनि बचऊ अरुलाई पनि बचाऊ। 

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया