grafias

कोरोना यसो गरी रोकिन्छ

कुसुम के सी
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट रोकथामको निमित नेपाल लगाएत विभिन्न राष्ट्हरु लकडाउनको अवस्थामा पुगेको छन् । हाल जून ७ लाख, २०२० सम्म विश्वभर करिब ७० लाख भन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ४ लाख भन्दा बढी मानिसहरु यसको संक्रमणबाट मुत्यु भएको छ ।

लकडाउन भएको नेपालमा पनि महिनौ दिन पुगिसकेको छ । लग डाउनको कारण अति आवश्यक कार्य बाहेक अरु अधिकामस नेपालको विभिन्न कार्यालयहरु, विधालय, यातायात, होटल, व्यवसाय, कलकारखाना र अन्य कामहरु सबै रोकिएका अवस्थामा छन् ।

कोरोनाको अनिश्चितकालिन त्रासले निम्ताएको जोखिम स्थिति र लग डाउनको प्रभावले सामजिक, मानसिक, सास्कृतिक, र राजनीतिक मात्र नभई देशको अर्थतन्त्रमा समेत गिरावट नआउने कुरामा कुनै आशंका नै छैन् । दैनिकी कामकाजमा अझै भनौ भने ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने श्रमिक वर्गहरुको जन जीवन दिनानुदिन झन कष्टकर हुदै गैरहेको छ । पूर्णरुपमा अनिश्चितकालिन लकडाउन गर्नु मात्र कोरोना रोकथामको एउटा मात्र उपाय भने होइन । कोराना रोकथामको निमित के कस्ता कामहरु गरेर स्माट नेपाली र स्माट नेपाल बनाउन सकिन्छ भन्ने बारे तलका केही बुंदाहरु टिप्पणी गरेको छु ।

१. सही सुचना प्रवाह गर्ने
कोरोनाको बारेमा जानकारीका साथै सचेतना र अवस्था बारे सम्पूर्ण मानिसहरुलाई विभिन्न सूचनाका माध्यमबाट निरन्तर सही सूचना प्रवाह गराउनु पर्दछ । माहामारी वा प्रकोपको अवस्थामा मानिसहरु आफै पनि चिन्तित वा डराई रहेको अवस्थामा भ्रम फैलाउने वा त्रास उत्पन्न हुने खालको काम कहिल्यै गर्नु हुदैनन् । उपयुक्त र सिमित सुचना मात्र प्रवाह गरौ र आफन्तसंग निरन्तर कुराकानी गरी परिस्तिथिको बारे सहि सुचना मात्र आदानप्रदान गर्ने बानीको विकास गर्नु जरुरी हुन्छ । जसको कारणले सम्पूर्ण मानिसहरु, वृद्धा, महिला, बालबालिकाहरुमा समेत सकारात्मक सोचको विकास गराउन सकिन्न्छ ।

२. नेतृत्व लिने
विपद वा जोखिमको अवस्थामा आ(आफ्नो ठाउँबाट आफुले कसरी र के सहयोग गर्न सकिन्छ आफैले नेतृत्व लिनु पर्ने हुन्छ । सरकार वा संघ सस्थाहरुले गर्लान भनेर जोखाना हेर्नु भन्दा पहिले हरेक नागरिकहरु स्वयम् आफै जिम्मेवार बन्नुपर्छ । यो समय कसैले भनेपछि मात्र केही काम सुरु गर्नुभन्दा पनि आफ्नो साथीहरु, समुह, क्लवहरुको अगुवाइमा सामाजिक भन्दा पनि शारीरिक दुरी कायम गरी नेतृत्व लिने वा समाज सेवा गर्ने अवसर पनि हो । यो समयमा कुनै एक युवाले नेतृत्व लिन चाहेमा आफ्नो स्थानीय स्तरमा स्थानीय सरकारवालाहरुसंग सहकार्य गर्ने अवसर जुटाउन सक्छन ।

३. सहकार्य गर्ने
संघीय तहबाट प्राप्त सुचना अनुसार प्रदेश सरकार र स्थानीय सरोकारवालाहरुले स्थानीय विपद व्यवस्थापन युनिट, स्वास्थ्य सस्था लगायत विभिन्न स्थानीय निकायहरुसंग सहकार्य गरी कोरोना लगायत विभिन्न माहामारी र प्रकोपको रोकथाम, व्यवस्थापनमा समयमै उचित प्रणाली अपनाउन सकिन्छ । राहत वितरण, आवश्यक साम्रगी, स्वयम् सेवक परिचालन, आर्थिक वा अन्य सहयोगको निमित स्थानीय सरकारले विभिन्न संघ( सस्था वा दातृ निकायसंग पनि प्रत्यक्ष सहकार्य र साझेधारी गर्न सकिन्छ । कोरोना कहरको बेलामा सुचना आदानप्रदानको लागि मिडियाको पनि उतिकै महत्व हुने हुदाँ स्थानीय मिडिया संग पनि सहकार्य गर्दा निकै प्रभावकारी हुन्छ ।

४. दैनिकी कार्य र योजना बनाउने
लग डाउनले दैनिकी कार्य्विधिमा केही अप्ठ्यारो भने पक्कै बनाएको छ । केहि घरपरिवार, बालबालिकाहरुमा लग डाउनले कतिपय सकारात्मक पक्षहरु पनि ल्याएको छ भने अन्य अरुमा थप जीवनयापन प्रकियामा कठिनाइ आइपरेका छन । यसको समाधानको निमित आफ्नो दैनिकी कार्य योजना तयार गरी समयको व्यस्थापन गर्न सकिन्छ . जस्तै घरायसी काम गर्ने, सरसफाई गर्ने, कृषि काम गर्दा १ मिटर दुरी कायम गरेर, सुरक्षात्मक उपकरणको प्रयोग गर्ने, मिटिंग वा अनलाइ कोर्श गर्ने, इन्टरनेटको सहि सदुपयोग गर्ने, पोषणयुक्त खाना खाने, प्रसस्त शुद्ध पानी पिउने आदी गर्नु पर्दछ ।

५. युवा परिचालन गर्ने
हाल नेपालको करिब ४० प्रतिशत जनसंख्या युवाहरुले ओगटेको छ । यो समयमा युवाको पहिचान र युवा परिचालन गर्न सकेमा उनीहरुको दक्ष्यता र क्षमताको पनि उच्च्तम मूल्यांकन हुनेछ । कतिपय युवाहरु व्यवहारीक शिपको कमीले आफ्नो शैक्षिक प्रमाण पत्र बोकेर जागिरको खोजी र अन्तर्वार्ताको तयारीमा तल्लिन छन् । भनिन्छ स्वास्थ्य नै ठुलो धन हो । नेपालको सन्दर्भमा भन्नुपर्दा बर्षौ १००० भन्दा बढी जन स्वास्थ्यका विधार्थीहरु अन्तिम परिक्षामा संलग्न हुन्छन । तर विडम्बनाको कुरा लोकसेवामा करिब ५–७ वटा मात्र जनस्वास्थ्यको सिटको लागि आव्हान गरिन्छ । यो समयमा युवाको पहिचान गरी अझै विशेष गरी स्वास्थ्य विषय अध्यानरत गरेका युवाको परिचालन गर्ने सकेमा माहामारीले निम्तयाउने अन्य समस्याको समेत न्यूनिकरण गर्ने सकिन्छ । साथै युवा परिचालन राहत वितरणक निम्ति, तथ्यांक संकलन, अनुगमन तथा मूल्याकंनको निमित, सुचना प्रभाह, सचेतना, सुरक्षात्मक उपकरणको प्रयोग विधी जानकारी, स्वास्थ्य जांच, मनोसामाजिक परामर्श, विपद व्यवस्थापन र अन्य कार्यमा गर्न सकिन्छ ।

६. तथ्यांक संकलन गर्ने
नेपालमा हुने हरेक १०–१० वर्ष अन्तरालको जनगणनाको तथ्यांक संकलन गर्ने तयारीको क्रममा स्वास्थ्य जांच र परीक्षण गरी कोरोना संक्रमितको तथ्यांक संकलन गर्नु पर्ने बाध्याता सिर्जना भएको छ । विदेशबाट फर्किएका नागरिकहरुको खोजी गरी, उनीहरुको स्वास्थ्य अवस्था र क्वारेन्टाइनमा रहेको तथ्यांक संकलन र हरेक दिनको जानकारी लिनु पर्ने हुन्छ । आफु लगाएत अरुलाई पनि कोरोनाबाट मुक्त गराउन तथ्यांकको आधारमा जोखिम पहिचान गरी थप सतर्कर्ता अपनाउन मद्धत पुराउछ । तथ्यांक संकलन गर्दा आधिकारिक स्रोतबाट लिनु पर्दछ र तथ्यांक सार्वजनिक गर्दा गोपनीयता बारे संबन्धित निकायबाट अनुमति लिएर मात्र सार्वजनिक गर्नु पर्दछ ।

७. अनुगमन तथा मूल्यांकन गर्ने
कोरोना रोकथाम र व्यवस्थापन संबन्धि स्थानीय सरकारले ठुलो भूमिका र जिम्मेवारी बहन गर्नुभएको छ । यसै क्रममा विभिन्न ठाउमा संचालित राहत वितरण कार्यक्रम, आवश्यक साम्रगी सहयोग, स्वयम् सेवक परिचालन, आर्थिक वा अन्य सहयोगको अनुगमन र त्यसको प्रभावकारीता बारे बेलैमा मूल्यांकन गर्न सकियो भने प्राप्त भएको स्रोत र सामग्रीको उचित प्रयोग र व्यवस्थापन गर्न सकिन्छ । गरेको कामको पारदर्शीता र गुणस्तरीयातामा वृद्धि गर्नुको साथै विश्वासिलो बन्न सकिन्छ । अनुगमन तथा मूल्यांकन गर्ने बानीको विकासले श्रम, समय, स्रोत, लगायत आर्थिक भष्ट्राचारको समेत न्यूनिकरण गर्न सहज वातावरण बनाउछ ।

८. रिपोर्ट गर्ने
कोरोना कहरको समयमा विभिन्न निकायबाट कोरोना रोकथाम तथा जोखिम न्यूनिकरणका निम्ति गरिएको पहलको तथ्यांक सहित समयमै सम्बन्धित निकायमा रिपोर्ट गर्नु पर्छ । रिपोर्ट गर्ने प्रणालीले समयमा नै हालको लकडाउनको स्थितिलाइ खुकुलो बनाउदै अन्य नयाँ बिकल्पको खोजी गर्न मद्दत पुराउछ । रिपोर्ट एउटा आधार हो जसले वर्तमानको अवस्थालाई मध्यनजर गरेर भविष्यमा चाल्नुपर्ने कदमको कार्य योजना निर्माण गर्न अन्मुख गराउछ ।

कोरोनाको उत्पतिले देशभर गरिएको लग डाउनेको कारणले अन्य समस्याहरु जस्तै कुपोषण, वेरोजगार, स्वास्थ्य जांच आदीमा जोखिम मोल्नुपर्ने अवस्था त सुनिश्चित नै छ । सबै संक्रमित व्यक्तिहरु जोखिमको स्थिती वा मृत्युको मुखमा पर्दैनन । संक्रमित फेला पर्नु भनेको थप सावधानी अपनाउनु, सरसफाई अथवा स्वास्थ्यमा विशेष ध्यान दिनु, पोषणयुक्त खाना खाने, स्वास्थ्य जाच र उपचारमा निरन्तरता दिनु पनि हो । जसले गर्दा रोगप्रतिरोधात्मक क्षमता वृद्धि होस् । जसको कारणले माहामारी जस्तै कोराना विरुद्ध लड्न र जित्न सकिन्छ । यो समयमा फुटेर होइन आ(आफ्नो स्तरबाट जुटेर स्माट नेपाली र स्माट नेपालको अवधारणा कायम गरौं । कोरोना विरूद्ध लड्ने प्रयास गरौ अवस्य पनि सफल भइन्छ ।

 

 

 

 

 

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया