
बाध्यता
अभिराज खाति ‘ अन्जान ’
मकवानपुर
के दिन के रात आजभोली देश,
मस्त निधाई रहेको छ ।
मनमा त्रास र चिन्ताको गर्हौ भारी बोकेर
यहि बेला,
लुटन तल्लीन छन
देशकै प्रतिष्ठित लुटेराहरु !
धनिहरुलाई निकै डर छ ‘कोरोना’ लाग्छ भन्ने ,
गरिबहरुलाई निकै डर छ भोकमरी लाग्छ भन्ने ।
त्यसैले राम दाइ भारी
खोज्दै सडकमा,
भौतारी रहेका छन
प्रहरिको लाठिको कुटाइ सहेर
बिन्ती साहेब मलाई घाइते नबनाई दिनु होला ,
फेरि भोकै मर्ने छन मेरा नाबालक ती सन्तानहरु ।
भरे सन्तानको आँसु पुछनको निम्ति
अहिले आफ्नो आँसु खसाल्दै छन राम दाई
खुब पिडामा छन राम दाइ
तर कुटाईको पिडामा होइन,
भारी नपाएको पिडामा ।
र त आफै माथी प्रहार गरिरहेका छन अनउत्तरित प्रश्नहरुको
भरे सन्तानको पेट कसरी भर्ने ?
उनको मृत्यु पछि सन्तानहरुको भविष्य,
साँच्चै के होला भनेर !
भित्र भित्रै दनकिरहेका छन नदेखिने आगोका ज्वालाहरु,
पोलिरहेका छन अत्यधिक पीडा दिएर
गरिबलाई कोरोनाले मर्ने भन्दा भोकमरिले मरिन्छ
भन्ने ठूलो चिन्ता छ ।
रेडियोले भन्दै छ गरिवको निम्ति राहत आएको छ अरे,
मलाई आशा छैन मैले त्यो पाउछु भनेर
राहत त नेताकार्यकर्ता ,
र जान्ने बुझनेको घरको लागि मात्रै हो,
गरिबको मात्र नाम त हो
रुदै छन अबोध सन्तानहरु भोकको प्रसक पिडामा,
तर लाचार छु म आभागी पिता ।
बाहिर निस्कुम देश द्रोहीको आरोपमा
जेल बस्नु पर्ने डर ,
ननिस्कुम भोकै मर्ने डर ।
त्यसैले खोज्दैन तेस्रो बिकल्प,
र गर्दैछौ
सामुहिक आत्मा हत्या ।
प्रतिक्रिया