grafias

कोरोनाका कारण गुआर्डीओलाको आमाको मृत्यु

स्पेनी नागरिक गुआर्डीओलाकी आमा दोलोर्स साला कार्रियो ८२ वर्षकी थिइन् । म्यानचेस्टर सिटीले एक विज्ञप्ति जारी गर्दै गुआर्डीओला र उनको परिवारलाई समवेदना प्रकट गरेको छ । गुआर्डीओलाले खेलाडीको रुपमा स्थानीय क्लब बार्सिलोनामा खेलेका थिए । त्यसपछि प्रशिक्षकका रुपमा बार्सिलोनामा सफल रहेका उनी बायर्न म्युनिख हुँदै सिटी आएका हुन् ।

सिटीली जारी

गरेको विज्ञप्तिमा लेखिएको छ, ‘म्यानचेस्टर सिटी परिवार प्रशिक्षक पेप गुआर्डीओलाकी आमा दोलोर्स साला कार्रियोको मृत्युको दुखद घडीमा छ । बार्सिलोनामा कोरोना भाइरसका कारण ज्यान गुमाएकी उनी ८२ वर्षकी थिइन् । क्लबसंग सम्बद्ध सबैको तर्फबाट यो दुखद घडीमा पेप, उनको परिवार र साथीलाई समवेदना प्रकट गर्दछौं ।’

स्पेन कोरोनाका कारण निकै असर परेको राष्ट्रमा पर्दछ । हालसम्म स्पेनमा १३ हजार बढीले ज्यान गुमाइसकेका छन् भने १ लाख ३५ हजारमा संक्रमण देखिएको छ । ४० हजार संक्रमित भने ठिक भैसकेका छन् ।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया